• The Public Today
  • चीनले युद्धाभ्यास गर्दा भारत त्रसित


    एजेन्सी, जेठ २६ गते : लद्दाख सीमामा जारी तनावबीच चिनियाँ सैनिकले पहाडी क्षेत्रमा ट्यांकसहित युद्ध अभ्यास गरेपछि भारत त्रसित देखिएको छ । चिनियाँ सैनिकले पहाडी क्षेत्रमा ट्यांकसहित युद्ध अभ्यास गरेको भिडियो चीनको सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेपछि भारत त्रसित देखिएको हो ।

    चीनको सरकारी समाचार पत्र ‘ग्लोबल टाइम्स’ ले ट्यांकका साथ युद्धाभ्यास गरेको भिडियो जारी गर्दै चिनियाँ सैनिकले ‘आर्मड भेइकल’ को परीक्षण गरेको उल्लेख गरेको छ । तर भारतीय सञ्चारमाध्यमहरूले भारतमाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्न ‘ग्लोबल टाइम्स’ ले भिडियो जारी गरेको दाबी गरेका छन् । नवभारत टाइम्सले लेखेको छ, “भिडियो जारी गरेर ग्लोबल टाइम्सले भारतमाथि मनोवैज्ञानिक दबाब बनाउने प्रयास गरिरहेको छ ।” नवभारत टाइम्सले लद्दाख सीमामा जारी तनाव समाधानका लागि शनिबार भएको दुई देशका सैन्य कमान्डर स्तरमा भएको छलफलपछि चीनले दोहोरो चरित्र देखाएको पनि उल्लेख गरेको छ ।

    चिनियाँ पिपुल्स लिबरेसन आर्मी (पीएलए) ले मध्य चीनको हुबेई प्रान्तबाट चीन र भारतबीच जारी सीमा विवादबीच उत्तर–पश्चिमी क्षेत्रमा हजारौं प्याराट्रूपर्स र बख्तरबन्द वाहनहरूका साथ ठूलो संख्यामा युद्धाभ्यास आयोजन गरेको समाचारमा उल्लेख छ ।

    ‘चाइना सेन्ट्रल टेलिभिजन’ लाई उद्धृत गर्दै नवभारत टाइम्स ले लेखेको छ, “शनिबार भारतसँगको सीमानजिकै एक अज्ञात स्थानमा पीएलए वायु सेनाको एयरबोर्न ब्रिगेडले कैयौं हजार प्याराट्रूपर्सलाई सिविलियन एयरलाइन्स, लजिस्टिक ट्रान्सपोर्टेसन च्यानल र ट्रेनका माध्यमबाट तैनाथ गरिएको छ ।” नव भारत टाइम्स


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस