• The Public Today
  • चितवनमा दुई चिकित्सकसहित २० जनामा देखियो कोरोना संक्रमण


    चितवन, जेठ २६ गते । चितवनमा दुई चिकित्सकसहित २० जनामा कोरोना संक्रमण देखिएको छ ।

    भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएका नमूना परीक्षणमा २० जनामा कोरोना संक्रमण देखिएको भरतपुर अस्पताल स्रोतले जानकारी दिएको छ ।

    तीमध्ये १७ जना चितवनका हुन् भने तीन जना नवलपरासीका हुन् । कोरोना संक्रमितमध्ये दुई जना चिकित्सक पनि छन् । उनीहरु भरतपुरको एक निजी अस्पतालमा काम गर्ने चिकित्सक भएको जनाइएको छ ।

    चितवनका संक्रमित मध्ये अधिकांश माडी र भरतपुर महानगरपालिकाका छन् । आइतवार करीव ३ सय जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा कतिपय स्वाबको परीक्षण बाँकी नै छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस