• The Public Today
  • कोरोनाबाट मृत्यु भएका युवकको सम्पर्कमा आएका ३० जनामा कोरोना पुष्टि


    अर्घाखाँची, जेठ २६ गते । कोरोना संक्रमणबाट मत्यु भएका एक युवकको सम्पर्कमा आएका ३० जनामा कोरोना पुष्टि भएको छ ।

    भारतबाट फर्किने क्रममा बाटोमै मृत्यु भएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका युवकको सम्पर्कमा आएका ३० जनामा कोरोना देखिएको हो ।

    युवकको जेठ १० गते घर फर्किने क्रममा भारतमै मृत्यु भएको थियो । उनको कपिलवस्तुमा पोस्टमार्टम्म गरिएको थियो । पोष्टमार्टमका क्रममा उनको स्वाब संकलन गरी भैरहवा जनस्वास्थ्य प्रयोगशालामा गरीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । तर कोरोना संक्रमणको रिपोर्ट आउनु अगाडि नै मृतकको अन्त्येष्टि समेत गरिएको थियो ।

    उनको सम्पर्कमा आएकाहरुको पहिचान गरी परीक्षण गर्ने क्रममा ३० जनामा संक्रमण पुष्टि भएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजय पौडेलले जानकारी दिए ।

    मृतकमा कोरोना संक्रमण पुष्टि भएपछि भारतबाट सँगै आएका, मृतकको शव बोकेका र उनको सम्पर्कमा रहेका ५० जनाको थ्रोट स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गरिएको थियो । उनीहरु मध्ये ३० जनामा संक्रमण पुष्टि भएको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस