• The Public Today
  • प्रदेश २ मा एकैदिन १७४ जनामा कोरोना पुष्टि, सर्लाहीमा मात्रै १२० जना


    जनकपुरधाम, जेठ २६ गते । प्रदेश २ मा सोमबार एकैदिन थप १७४ जनामा कोरोना पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा यो प्रदेश थप १७४ जनामा कोरोना पुष्टि भएको प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए ।

    जसअनुसार सर्लाहीमा १२० जना, सप्तरीमा १६ जना, महोत्तरीमा १२ जना, राैतहटमा ११ जना, पर्सामा ८ जना र बारामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको सचिव घिमिरेले जनाए ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस