• The Public Today
  • बर्दिबासका जनसहयोगी युवा सञ्जालललाई चौधरी महतोको सहयोग


    बर्दिबास, जेठ २६ गते । परोपकारी क्षेत्रमा काम गरिरहेका जनसहयोगी युवा सञ्जाल बर्दिबास महोत्तरीलाई अजित किराना पसल एण्ड सप्लायर्सले नगद तथा जिन्सी समाग्री सहयोग गरेको छ ।

    सप्लायर्सका संचालक चौधरी महतोले लकडाउनमा भोकभोकै रहेका असाहयहरुलाई खाजा खुवाउँदै आएको सञ्जाललाई २५ कार्टुन चाउचाउ र ११ हजार नगद सहयोग गरेको हो ।

    सञ्जालका अध्यक्ष परमेश्वर महतोलाई सो सहयोग संचालकले हस्तान्तरण गरेका थिए । सञ्जालका सदस्य अशोक महतोको पहलमा सप्लायर्सले सहयोग गरेको थियो ।

    दुई सातादेखि सञ्जालमा आवद्ध युवाहरु ब्र्दिबास क्षेत्रमा भोकै रहेकाहरुलाई दैनिक खाजा खुवाउँदै आएको छ । त्यसैगरि एक असाहय वृद्धलाई उद्धार गरे बर्दिबास सरकारी अस्पतालमा उपचार गरिदैंछ । सञ्जालले केही दिन पहिले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस