• The Public Today
  • उत्तर कोरियाले दक्षिण कोरियासँगका सबै सञ्‍चार सम्पर्क बन्द गर्ने


    जेठ २७ गते : उत्तर कोरियाले दक्षिण कोरियासँग दुई देशका नेताहरूबीचको हटलाइनलगायत सम्पूर्ण सञ्‍चार सम्पर्क बन्द गर्ने बताएको छ ।

    उत्तर कोरियाले दक्षिण कोरियालाई ुशत्रुु भन्दै सञ्‍चार सम्पर्क बन्द गर्नुलाई आफूले थालेको कारबाहीहरूको पहिलो कदम भएको जनाएको छ ।

    मंगलबारदेखि दुई कोरियाका सम्पर्क कार्यालयमहरूबीच हुँदै आएको नियमित दैनिक सञ्‍चार सम्पर्क बन्द गरिएका छन् ।

    सन् २०१८ मा भएको वार्तापछि दुई देशले आपसी तनाव कम गर्ने उद्देशयका साथ त्यस्तो सम्पर्क कार्यालय स्थापना गरेका थिए । सन् १९५३ मा समाप्त भएको कोरियाली युद्धपछि दुई देशबीच कुनै शान्ति सम्झौता नभएका कारण यी दुई देश प्राविधिक रूपमा अझै युद्धमै रहेका छन् ।

    एक कोरियाली समाचारसंस्था केसीएनएका अनुसार उत्तर कोरियाले ुसन् २०२० जून ९ को १२ बजेदेखि उत्तर(दक्षिण संयुक्त सम्पर्क कार्यालयमार्फत् दुवै देशका अधिकारीबीच स्थापित सञ्‍चार सम्पर्क पूर्णरूपमा बन्द गर्नेछ।ु

    उत्तर कोरियाले सैन्य सञ्‍चार सम्पर्क प्रणाली पनि बन्द गर्ने बताएको छ ।

    जनवरीमा कोभिड(१९ का कारण सम्पर्क कार्यालय अस्थायी रूपमा बन्द हुँदा पनि फोनमार्फत् दुई देशबीचको सम्पर्क कायमै थियो । दुवै देशले बिहान ९ र बेलुकी ५ बजे उक्त सम्पर्क कार्यालयमार्फत् फोन वार्ता गर्ने गरेका थिए । सोमबार दक्षिण कोरियाले २१ महिनामा पहिलो पटक बिहानको समयमा हुँदै आएको फोन सम्पर्क हुन नसकेको बताए पनि अपराह्नमा भने फोन सम्पर्क भएको थियो ।

    उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनी किम यो(जोङले गत साता दक्षिण कोरियाले उत्तर कोरियाबाट भागेर दक्षिणमा गएकाहरूको समूहलाई उत्तर कोरियामा विभिन्‍न पर्चाहरू पठाउन नरोके त्यस्तो सम्पर्क कार्यालय बन्द गर्ने चेतावनी दिएकी थिइन् ।बीबीसी


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस