• The Public Today
  • धनुषामा गोली प्रहार गरी एक युवकको हत्या


    • शैलेन्द्र महतो


    जनकपुरधाम, जेठ २८ गते । धनुषाको सबैलामा गोली प्रहार गरी एक युवकको हत्या भएको छ ।

    मध्यराति अज्ञात समूहले एकान्तमा लगेर गोली प्रहार गरी सबैला नगरपालिका ७ लवटोलीका २५ वर्षका हारुन मण्डलको हत्या गरेको हो ।

    घटनाको प्रकृति हेर्दा राति कसैले घरबाट बोलाएर एकान्तमा लगि गोली प्रहार गरी युवकको हत्या गरेको जस्तो देखिन्छ,’ इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक चन्द्रभुषण यादवले भने, ‘उनको शव घरभन्दा करिब २ सयमिटर टाढा फेला परेको हो ।’

    धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले मण्डलको छातीमा गोली प्रहार भएको जानकारी दिए। कार्कीका अनुसार युवकको हत्या कसले र किन गरेको हो खुल्न सकेको छैन ।

    घटनाको विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : अपराध, ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस