• The Public Today
  • भारतबाट आउँदै गरेका एक युवकको मृत्यु


    टोपराज शर्मा
    बुटवल, जेठ २८ गते : भारतको मुम्बईबाट मजदुरी गरी घर आउँदै गरेका एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुने नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका (साविकको कुडिया गाविस– ७) का ३५ वर्षका पुरुष हुन् ।

    तीन दिनअघि भारतको मुम्बईबाट पाल्पाका तीन जना साथीसहित बसमार्फत आएका उनी मंगलबार राति ४ बजेतिर सुनौली आइपुगेका थिए ।

    बेलहिया प्रहरी चौकीका प्रहरी निरीक्षक इश्वरी अधिकारीका अनुसार सुनौली बजारमा बसेका उनले बिहान एक्कासी वान्ता गरेका थिए । वान्ता गरेपछि उनको मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए । ‘नवलपरासी कुडिया ७ ठेगाना भएका ३५ वर्षीय पुरुषको मृत्यु भएको हो,’ अधिकारीले भने, ‘अरु कुरा बुझ्दै छौं ।’ उनको मृत्युको कारण खुलिनसकेको उनले बताए ।


    क्याटेगोरी : मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस