• The Public Today
  • बारामा थपिए ८ जना कोरोना संक्रमित


    जेठ २८ गते : बारामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    बाराका डीएसपी गौतम मिश्रका अनुसार सिम्रौनगढ नगरपालिकास्थित कंकाली मावि र श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका ८ जनामा संक्रमण पुष्टि भएको हो ।

    संक्रमित हुनेमा सिम्रौनगढ नगरपालिका–७ का १९ र २७ वर्षीय पुरुष, वडा नम्बर ५ का ४५ र २७ वर्षीय पुरुष, वडा नम्बर ६ का २३ र ३८ वर्षीय पुरुष, वडा नम्बर ३ का १२ र २ का ४० वर्षीय पुरुष छन् । संक्रमित सबै जनालाई गंगापुरस्थित शैक्षिक तालिम केन्द्रको आइसोलनमा ल्याउने तयारी भइरहेको मिश्रले बताए ।

    संक्रमण पुष्टि भएका सबै जना भारतबाट आई क्वारेन्टिनमा बस्दै आएका थिए । उनीहरुको जेठ २३ गते पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस