• The Public Today
  • प्रदेश २ मा एकैदिन १९६ जनामा कोरोना संक्रमण पुष्टि


    जनकपुरधाम, जेठ २८ गते । प्रदेश २ मा एकैदिन १९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको नमूना परीक्षणमा प्रदेश २ मा १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिए ।

    सचिव डा. घिमिरेका अनुसार सप्तरीका ६, सिरहाका १३, रौतहटका ६८, महोत्तरीका ४४, धनुषाका २२ र सर्लाहीका ४३ जनामा कोरोना पुष्टि भएको हो ।

    योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ७३ पुगेको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज


    प्रतिक्रिया दिनुहोस