लकडाउनसँगै रगतको अभाव : दाताहरु अग्रपङ्तिमा

जेठ २८ गते : लामो समयदेखि जारी रहेको लकडाउनका कारण पर्सा जिल्लामा रगतको अभाव देखिन थालेपछि दाताहरु अग्रपङ्तिमा उभिन थालेका छन् ।

कोभिड–१९ को सङ्क्रमणका कारण रगतको अभाव हुन थालेपछि सोको अभाव हुन नदिन गिरिजाप्रसाद कोइराला फाउण्डेशन पर्साले आज रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएकाले रक्तदान कार्यक्रममा एक महिलासहित १०० जनाभन्दा बढी व्यक्तिले रक्तदान गरेका छन् । गिरिजाप्रसाद कोइराला फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनको अध्यक्षतामा भएको सो रक्तदान कार्यक्रमको पूर्व सांसद अनिल रुगंटाले उद्घाटन गर्नुभएको थियो । रासस