• The Public Today
  • वन सुरक्षा र जग्गा मुवाब्जालाई प्राथमिकता दिन आग्रह


    बर्दिवास, जेठ ३० गते । महोत्तरी जिल्लाका नयाँ प्रशासकसँग महोत्तरीको उत्तरीक्षेत्रका बासिन्दाले वन सुरक्षा र रेल सेवा बिस्तारको जगा मुआव्जालाई प्राथमिकता दिन माग गरेका छन् । जिल्लाको सुदुर उत्तरीक्षेत्रको बर्दिवासमा आज बिहीबार नयाँ प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालसँगको साक्षात्कारमा बर्दिवासवासीले यस्तो माग गरेका हुन् ।

    महोत्तरी र धनुषाको सीमा रातुपुलदेखि बर्दिवासकै भब्सीपुलसम्मको करिब तीन किलोमीटर दुरीभित्र अवस्थित सघन बजारक्षेत्रको उत्तर पाखामा सामुदायिक वनक्षेत्रमा बढ्दै गएको अतिक्रमणबारे बर्दिवासवासीले चिन्ता ब्यक्त गरेका हुन् । खासमा बजारको सौन्दर्यसँगै जोडिएको नेवारडाँडा कामीडाँडा, चिहानडाँडा र रातमाटे गरि तीनवटा सामुदायिक वनक्षेत्रमा ठूलावडाले नै वन अतिक्रमण गरेर आपूmखुशी संरचना बनाई रहेका तर्फ डिभिजन वन कार्यालय महोत्तरी मौन रहेको बर्दिवासवासीको गुनासो छ ।

    “अहिले बर्दिवासचोक बजारक्षेत्र र बर्दिवास–३ को गौरीडाँडाबीचको वनक्षेत्र तहसनहस बनेको छ” जिल्लाका मुख्य प्रशासकसँगको साक्षात्कारमा बर्दिवास–१४ का बासिन्दा स्थानीय सामाजिक कार्यकत्र्ता शङ्कर फुँयालले भने–, “सरदर १०० मीटर चौडाईको वनक्षेत्र छिचोलेर अहिले वन फडानी गर्दै बिकासका नाउँमा सडक बनाइँदा छन् , त्यसलाई हेर्ने नियमन गर्ने कुनै निकाय नै छैनन् कि भन्ने परेको छ ।” पछिल्लो पटक त नेवारडाँडा कामीडाँडा सामुदायिक वनक्षेत्रको दाहाल्नी खोल्सी नजिकै त प्रदेश सरकारले नै वन फडानी गरेर सडक बनाउन लागेको चर्चा आपूmहरुले सुनेको पनि फुँयालले गुनासो गरे ।

    साक्षात्कार कार्यक्रममा बर्दिवास–१ का वडासदस्य निरज अधिकारीले डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख र प्रदेशसभा–२ को उद्योग, पर्यटन , वन तथा वातारण मन्त्रालय र प्रदेशसभाका प्राकृतिक स्रोतसाधन समितिका पदाधिकारीसहितको अनुगमन यो वनक्षेत्रमा गराउन आवश्यक समन्वयका लागि प्रजिअ कटुवालसँग आग्रह गरे ।

    साक्षात्कार कार्यक्रममा बर्दिवास–जनकपुर–जयनगर रेल सेवा बिस्तारका लागि जग्गा रोक्का गरिएको पाँच वर्ष हुनलाग्दा सम्म बर्दिवास–१ र १४ को अझै मुआव्जा नतोकिदा जग्गाधनी मर्कामा परेसँगै आयोजनाको काम पनि अघि बढ्न नसकेको तर्फ बर्दिवासवासीले नयाँ प्रमुख जिल्ला अधिकारी कटुवालको ध्यानाकर्षण गराएका छन् । “यो काम निकै जेलियो, मुआव्जा नतोकिदा जग्गाधनी र आयोजनाको काम पनि अन्यौलमा छ” बर्दिवास उद्योग बाणिज्य सङ्घका अध्यक्ष प्रल्हाद क्षत्रीले भने–, “मुआव्जा प्रमुख जिल्ला अधिकारीले नै निर्धारण गर्ने हुँदा यो काम तत्काल अघि बढाई दिन प¥यो ।”

    साक्षात्कार कार्यक्रममा नदीजन्य बस्तु (बालु, ढुङ्गा) को अनियन्त्रित दोहन , बर्दिवास क्षेत्रमा बढ्दो लागुपदार्थ दुब्र्यशनबारे कार्यक्रमका सहभागीले जिल्लाका मुख्य प्रशासकसँग चिन्ता ब्यक्त गरेका छन् । चुरे वनक्षेत्र र यहाँका जलाधार क्षेत्र लगातारको अनियन्त्रित दोहनले कुरुप बन्नसँगै यसले प्राकृतिक बिपदा बढाउँदै लगेको कार्यक्रममा चिन्ता ब्यक्त गरिएको छ ।

    कार्यक्रममा प्रजिअ कटुवालले सार्वजनिक महत्वका बिषयमा उठेका र ब्यक्त गरिएका चिन्ता सबैपक्षको समन्वयमा सम्बोधन र समाधान हुने बताए । कार्यक्रममा उद्योगी, बिभिन्न क्षेत्रका ब्यवसायी , सामाजिक क्षेत्रका अगुवा र सञ्चारकर्मीको सहभागिता थियो ।  आजको द पब्लिक टुडे दैनिकमा समाचार छ ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस