• The Public Today
  • गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि


    काठमाडौं, जेठ ३० गते । गण्डकी प्रदेशका विभिन्न जिल्लामा थप ३७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार गण्डकी प्रदेशको पर्वतमा १३ जना, स्याङजामा २२ जना, नवलपरासी (वर्दघाट सुस्ता पूर्व) र तनहुँका  १/१  जनामा गरी कुल ३७ जनामा संक्रमण पुष्टि भएको हो ।

    संक्रमित सबैलाई सम्बन्धित जिल्लाको सरकारी अस्पतालको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

    यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८ पुगेको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस