• The Public Today
  • नेपालमा कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या १६ पुग्यो


    काठमाडौं, जेठ ३० गते । नेपालमा कोरोना भाइरसको स‌ंक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अर्चखाँचीको मालारानीस्थित क्वारेन्टाइनमा बसेका ५७ वर्षीय पुरुषको निधन भएसँग मृत्यु हुनेको संख्या १६ पुगेको हो ।

    उनका अनुसार वृद्धलाई स्वास फेर्न गाह्रो भएपछि लुम्बिनी प्रदेशिक अस्पताल बुटवलबाट उपचार गरि फर्काने क्रममा निधन भएको हो । निधनपछि उनको स्वाब संकलन गरि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाल भैरहवामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । उनी १२ दिन अघि भारतबाट आएका थिए ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज
    ट्याग : #कोरोना कहर
    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस