• The Public Today
  • लकडाउनको नयाँ मोडालिटीमा प्रहरी हैरान


    काठमाडौं, जेठ ३१ गते । सुरक्षा अंगका प्रमुखले सरकारले बिहीबारबाट लागू हुने गरी बनाएको लकडाउनको नयाँ मोडालिटीप्रति असन्तुष्टि जनाउँदै निर्णयमा केही सुधार गर्न सुझाएका छन् ।

    गृह मन्त्रालयमा शुक्रबार भएको छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुन्धान विभागका प्रमुखले लकडाउनको परिवर्तित मोडालिटीप्रति असन्तुष्टि जनाउँदै निर्णयलाई व्यवहारिक बनाउन सुझाएका छन् ।

    गृहमन्त्री रामबहादुर थापासँगको छलफलमा सुरक्षा अंगका प्रमुखहरुले मोटरसाइकलमा सवार व्यक्तिहरुका हकमा भएको निर्णय सबैभन्दा अव्यावहारिक देखिएको बताए ।

    उनीहरुले सरकारी निर्णय आएलगत्तै प्रहरीले सडकमा हैरानी व्यहोर्नुपरेको, कतिपय स्थानमा प्रहरी र मोटरसाइकल चालकका बीचमा भनाभनको स्थितीसमेत देखिएको गृहमन्त्री थापासँग गुनासो गरेका छन् । आजको राजधानी दैनिकमा समाचार छ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस