• The Public Today
  • कोरोना कहर : गरिबलाई रोगभन्दा भोकको डर !


    • पुजा साह


    ब हामीले हेर्छौ कोइ खान नपाएर भोकले छट्पटाई रहेको हुन्छ । तब हामिले खानाको महत्वलाई बुझ्छौ । अहिले सबै पसलहरु र होटेलहरु बन्द छ । गरीब, बिपन्न, मानसिक सन्तुलन गुमाएका ब्यक्तिहरु, मागेर खाने ब्यक्तिहरु र लकडाउनले गर्दा टाढा टाढाबाट पैदल यात्रा गरेर आएको ब्यक्तीहरुले खान पाइरहेको छैन ।

    त्यस्ता ब्यक्तिहरुको लागि हामी युवाहरु एक जुट भएर खाना या नास्ताको ब्यवस्था गर्न सक्नु पर्छ जस्ले अहिले कोरोनाको माहामरिको बेलामा ती ब्यक्ती हरुको जीवन रक्षा गर्न मा हाम्रो ठुलो भुमिका रहने छ । यो कोनोनाले गर्दा धेरै दिनदेखि लकडाउन भैरहेको छ ।

    यस बेलामा हामी हुनेखानेले त जे जति छ खान पाइरहेकै छौ तर हाम्रै वरिपरि त्यस्ता परिवारहरु पनि छन जुन परिवारको लाई कोरोना भन्दा खतरनाक यो लकडाउन भएको छ किनकि उनिहरु एकदम गरिब परिवारका छन् । लकडाउन नभएको बेला दैनिकी मजदुरी गरेर आफ्नो गुजारा चलाउथ्यो तर अहिले यो लकडाउनले गर्दा मजदुरी पनि गर्न पाई रहेको छैन यो अवस्थामा उनिहरुलाइ आफ्नो जीवन चलाउन गाह्रो भैरहेको छ ।

    उहाँहरु कोरोनाले मर्छ मर्दैन थाहा छैन । तर भोकले मर्नु पर्ने अवस्था आइसकेको छ । यो अवस्थामा हामी युवाहरुले आफ्नो खानाबाट कतौती गरेर हुन्छ कि कसै संग पहल गरेर हुन्छ कि आफैमा युवाहरु एकजुट भएर रकम संकलन गरेर भएनी उहाँहरुको लागि राहतको ब्यवस्था मिलाउन सक्नु पर्छ । सरकारले बाडेको राहत पनि वास्तविक पीडितसम्म पुगेको छ कि छैन त्यो कुरालाई नियाल्नुमा पनि हामी युवाको ठुलो भुमिका हुनु पर्छ ।

    अहिले कोरोना सम्बन्धि राम्रो जानकारी नभएर हो कि कोरोनालाई गम्भिर रूपमा नलिएर हो धेरैले लकडाउनको पुर्ण रूपमा पालना नगरेको हामिले हेरिरहेको छौ । यस्तो बेलामा हामी युवाले सामाजिक संजाल को माध्यम ले हुन्छ कि आफ्नो वरिपरि को ब्यक्ति लाई सामाजिक दुरि कायम गरेर उनिहरुमा जनचेतना फैलाउनु हाम्रो दायित्व हो ।

    धेरै ठाँउ मा हामीले हेरिरहेका छौ लकडाउनको उलंघन गरेर मानिसहरुले अनावश्यक भिडभाड गरिरहेको हुन्छ त्यो बेलामा हामि सचेत युवाले त्यो भिड लाई हटाउनु पद्र्छ या त प्रहरीलाई खबर गरेर हटाउन लगाइ एउटा सचेत नगरिक को परिभाषा दिनु पर्छ । जब हामी रगतको अभावमा छट्पटाइ रहदा रगत नपाएर मृत्युको मुखमा पुगेका हुन्छौ तब हामिले रक्तदानको महत्त्वलाई बुझ्छौ त्यही महत्त्व लाई बुझेर कोरोनाको बेलामा रगतको अभाब हुन नदिन हामी युवाहरुले मिलेर रक्तदान कार्यक्रम सन्चलन गर्न सक्यौ र आफुले पनि रक्त दान गर्यौ भने हामिले धेरैको जीवन बचाउन सक्छौ ।

    भनिन्छ नि युवाको एकताः देशको सफलता यदि यो कोरोनाको माहामारिको लडाइँमा हामी युवाहरु एक भएर यो भुमिका निर्वाह गर्न सक्यौ भने पक्कै पनि हामी कोरोना लाई जित्न सक्छौ र आफ्नो देशलाई बचाउन सक्छौ । अरुबेला मा त सबैले गर्छन तर अहिलेको कठिन अवस्थामा आफ्नो आफ्नो स्वार्थ त्यागेर अरुको लागि केही गर्ने नै असल मानव हुन्छन् र अहिले हामी युवाले आफ्नो भुमिका लाई बुझेर त्यसलाई निर्वाह गरेर असल मानव र सचेत युवाको परिचय दिन सक्नु पर्छ ।


    लेखिका साह जनसहयोगी युवा सञ्जाल बर्दिबासकी उपाध्यक्ष हुन् ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, विचार, समाज
    ट्याग : #विचार
    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस