• The Public Today
  • ‘राजतन्त्रले गुमाएको जमिन फिर्ता ल्याउँदैछौं’


    काठमाडौं, जेठ ३१ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले राजतन्त्रले गुमाएको जमिन गणतन्त्रले फिर्ता ल्याउन लागेको भन्दै राजतन्त्रका पक्षमा प्लेकार्ड नबोक्न आग्रह गरेका छन् ।

    प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्नै उनले यस्तो बताएका हुन् । सडकमा पछिल्ला दिनमा निस्किएको जुलुसप्रति संकेत गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले भारतकै कारणले नेपालले आफ्नो नक्सा जारी गर्नुपरेको स्मरण गर्दै लकडाउनका बेलामा भारतका एकजना नेता तथा मन्त्रीले विवादित भूमि भनिएको क्षेत्रमा खनिएको बाटोको उद्घाटन गरेपछि अहिले नै नेपालले नक्सा जारी गर्ने अवस्था आएको बताए ।

    उनले अहिले नै नयाँ नक्सा एकाएक जारी भएको नभइ पहिलेदेखि नै यसको गृहकार्य भएको, भारतसँग वार्ता र संवादमार्फत समस्याको समाधान गर्ने प्रयास गरिएको भए पनि भारतले चासो नदेखाएका कारण नक्सा जारी गर्नुपरेको बताए ।


    क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस