• The Public Today
  • कर्णालीमा प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि


    काठमाडौं, जेठ ३२ गते । कर्णाली प्रदेशमा आइतबार थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका अनुसार आइतबार दैलेखमा ३७ र सुर्खेतमा १५ जनामा संक्रमण देखिएको हो । यो सँगै प्रदेशमा ९६७ जनामा कोरोना संक्रमण भेटिएको छ ।

    प्रदेशमा संक्रमण मुक्त हुनेको संख्या ९४ छ भने कोरोनाकै कारण ३ जनाको मृत्यु भइसकेको छ ।

    No description available.


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस