• The Public Today
  • सुनसरीको इनरुवा बजारमा आगलागी, १० करोडभन्दा बढीको क्षति


    सुनसरी, जेठ ३२ गते । सुनसरी सदरमुकाम इनरुवा बजारमा आगलागी भएको छ ।

    इनरुवा–१ स्थित बीचबजारमा रहेको हनुमान वस्त्रालयबाट विद्युत् चुहिएर आज दिउँसो भएको आगलागीमा परेर यशोदा ट्रेडर्स, हनुमान वस्त्रालय, जय सन्तोषी हाडर्वेयरको रङ पसल, कपिल टेलर्स र सिर्जना फाइनान्सका भवन पूरूपले  जलेर नष्ट भएको उद्योग वाणिज्य सङ्घ इनरुवाका अध्यक्ष वीरेन्द्रकुमार साहले बताए ।

    आगलागीलाई सुरक्षा निकाय, स्थानीय, इटहरी, धरान, विराटनगर, सुन्दरहरैचा, सप्तरी, बराहक्षेत्र र दुहबीबाट आएको वारुणयन्त्रले नियन्त्रणमा लिएको छ । आगलागीबाट करिब १० करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको स्थानीय व्यापारी गुलाब शर्माले जानकारी दिए। उनले इनरुवा नगरपालिकाको वारुणयन्त्र बिग्रिदा धेरै क्षति भएको बताए ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस