• The Public Today
  • ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ हजार नाघ्यो


    एजेन्सी : ब्राजिलमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४३ हजार नाघेको छ ।

    तिव्र रुपमा कोरोना संक्रमण फैलिरहेको ब्राजिलमा हालसम्म ४३ हजार ३३० को ज्यान गइसकेको बीबीसीले जनाएको छ ।

    ब्राजिल सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचीमा दोस्रो स्थानमा छ । हालसम्म ब्राजिलमा ८ लाख ६७ हजार ६२४ जनामा कोरोना संक्रमण देखिएको समाचारमा उल्लेख छ ।


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस