• The Public Today
  • प्रदेश २ मा थप १७१ जनामा कोरोना संक्रमण पुष्टि


    जनकपुरधाम, असार १ गते । प्रदेश २ मा सोमवार थप १७१ जनामा कोरोना पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा यो प्रदेश थप १७१ जनामा कोरोना पुष्टि भएको प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए ।

    उनका अनुसार सिरहामा ४ जना, धनुषामा ४ जना, महोत्तरीमा ३० जना, सर्लाहीमा २३ जना, राैतहटमा ९८ जना, बारामा २ जना र पर्सामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या २२१३ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर १६ जना डिस्चार्ज भएका छन् । योसहित प्रदेश २ बाट डिस्चार्ज हुनेको संख्या ४७८ पुगेको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस