• The Public Today
  • प्रदेश २ सरकारले ल्यायो ३३ अर्ब ५६ करोडको बजेट (पूर्णपाठसहित)


    जनकपुरधाम, असार १ गते । प्रदेश नम्बर २  को सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट ल्याएको छ ।

    सोमबार प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले आर्थिक वर्ष २०७७/०७८ का लागि कुल ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट प्रदेशसभामा प्रस्तुत गरेका छन् ।

    यसैगरी पूँजीगततर्फ पूँजीगत तर्फ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार अर्थात ५३.६७ प्रतिशत, वित्तिय व्यवस्थातर्फ १६ करोड अर्थात ०.४८ प्रतिशत विनियोजन गरिएको छ ।

    बजेटको स्रोतमा नेपाल सरकारको तर्फबाट अनुदान १३ अर्ब ४० करोड ५९ लाख र चालु आर्थिक बर्षको नगद मौज्दात ६ अर्ब ९१ करोड २२ लाख २९ हजार रहेको मन्त्री यादवले बताए ।

    प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटभन्दा ५ अर्ब कमको बजेट ल्याएको हो । चालु आर्थिक वर्षका लागि प्रदेश सकरारले ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट ल्याएको थियो ।


    क्याटेगोरी : अर्थ, ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस