• The Public Today
  • चीनमा कोरोना संक्रमण देखिएपछि बेइजिङमा कडा प्रतिबन्ध


    असार २ गते : चीनको राजधानी बेइजिङमा कोरोना संक्रमण देखिए पछि कडा कदम उठाएइको छ । केही जिल्लामा विद्यालय बन्द गरिएको र थुप्रै ठाउँमा सुरक्षा चेक पोस्टहरु स्थापना गरिएको छ ।

    बेइजिङले कोरोना परीक्षणको दायरा बढाएको छ । यसलाई चीनमा कोरोना संक्रमणको दोस्रो लहरका रुपमा आशंका गरिएको बीबीसीले जनाएको छ ।

    कोरोना संक्रममण देखिएपछि खेल तथा मनोरञ्जन क्षेत्र बन्द गरिएको छ । सुपर मार्केट र कार्यालयहरुमा तापक्रम जाँच गरेरमात्रै प्रवेश दिन सुरु गरिएको छ ।

    बेइजिङको होलसेल मार्केटमा सबैभन्दा धेरै कोरोना संक्रमण देखिएको छ । यो बजारको महाप्रबन्धक र स्थानीय अधिकारीहरुलाई सरकारले बर्खास्त गरेको छ ।

    चीनको वुहानबाट गत वर्षको अन्तिममा सुरु भएको कोरोना चीनमा भने नियन्त्रणमा आइसकेको भन्दै लकडाउन अन्त्य गरी जनजीवन सामान्य रुपमा चल्न थालेपछि पुनः कोरोना संक्रमण देखिन थालेको हो ।

    चीनमा पछिल्लो समय विना लक्षणका कोरोना संक्रमित उच्च संख्यामा देखिन थालेका छन् ।

    लामो समयसम्म पनि सामाजिक दूरी कामय गर्दासमेत संक्रमण फैलिन नरोकिएपछि विश्वका अधिकांश देशले लकडाउन खुकुलो गर्दै गएका छन् । लकडाउन खुकुलो गरेपछि संक्रमण झन् धेरै फैलिएको भन्दै यसमा पुनर्विचार गर्न विश्व स्वास्थ्य संगठनले आग्रह गर्दै आएको छ । एजेन्सी


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस