• The Public Today
  • गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि


    काठमाडौं, असार २ गते । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    गण्डकी प्रदेशको पाँच जिल्लाका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए ।

    उहाँका अनुसार गोरखाको गोरखा नगरपालिकामा एक महिलासहित ८ जना पुरुष र बारपाक सुलिकोट गाउँपालिकाका दुई जना, स्याङजा चापाकोट नगरपालिकाका ४ जना तथा कास्कीको पोखरा महानगरपालिका, बाग्लुङको ताराखोला गाउँपालिका, नवलपरासीको विनयत्रिवेणी गाउँपालिका र मध्यविन्दु नगरपालिकाका एक-एक जना गरी १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस