• The Public Today
  • कोरोना लागेपछि सुरुमा बिरामी हुनेहरु संक्रामक हुन्छन् : डब्लूएचओ


    एजेन्सी : कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमणपछि सुरुमै बिरामी पर्नेहरु संक्रामक हुने विश्व स्वास्थ्य संगठन डब्लूएचओले जनाएकोे छ ।

    अनुसन्धानमा संक्रमणपछि सुरुमा बिरामी पर्नेहरुबाट धेरै व्यक्तिमा कोरोना सर्नसक्ने खतरा भएको डब्लूएचओले मंगलबार बताएको हो । डब्लूएचओकी महामारीविज्ञ मारिया भान करकोभ भन्छिन्,‘संक्रमणपछि सुरुवातमै बिरामी पर्ने र कोरोनाको लक्षण देखिनेहरुले धेरै भाइरस बोकेका हुन्छन् जसले अन्यमा बढी कोरोना सार्ने सम्भावना हुन्छ।’

    बिरामी पर्नेहरुबाट सर्ने कोरोना नियन्त्रण गर्न गह्रो हुने पनि डब्लूएचओले जनाएको छ ।

    यद्यपी मानिसहरुमा कोरोना परीक्षण गरिरहे र व्यक्ति–व्यक्तिबीचको दुरीको नियम पालना गरे कोरोना भाइरसबाट जोगिन सकिने जनाइएको छ ।

    साथै स्यानिटाइजर लगाउने, हात धुने र भीडमा नगएमा पनि कोरोनाबाट बच्न सकिने डब्लूएचओले जनाएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, विदेश, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस