• The Public Today
  • प्रदेश २ मा फेरी थपिए १८५ नयाँ कोरोना संक्रमित, महोत्तरीमा मात्रै ८९


    जनकपुरधाम, असार १ गते । प्रदेश २ मा थप १८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा यो प्रदेश थप १८५ जनामा कोरोना पुष्टि भएको प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए ।

    उनका अनुसार सप्तरीका ३, सिरहाका २, धनुषाका २१, महोतरीका ८९, सलाहीका १६, रौतहटका ५२ र पर्सामा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज


    प्रतिक्रिया दिनुहोस