• The Public Today
  • चुरे दिवसको अवसरमा वृक्षारोपन (फोटोफिचर)


    ढल्केवर, असार २ गते । ‘चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई’ मुल नाराकासाथ चुरे दिवसको अवसरमा धनुषाको मिथिला नगरपालिका–४ पुष्पलपुरस्थित भाटिघारी सामुदायिक वनमा वृक्षारोपन गरिएको छ ।

    राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको छैठौ बार्षिकोत्सवको अवसरमा मंगलवार राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन एकाई जनकपुरधामको आयोजना र सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश नं २ को संयोजन तथा व्यवथापनमा वृक्षारोपन गरिएको हो ।

    प्रदेश २ का प्राकृति श्रोतसाधन समितिका सभापति समेत रहेका प्रदेशसभा सदस्य रामचन्द्र मण्डलको प्रमुख आतिथ्यमा गरिएको वृक्षारोपन कार्यक्रममा १० हजार वोटविरुवा रोपिएको हो ।

    भाटिघारी सामुदायिक वन क्षेत्रको नदि उकास ४ हेक्टर क्षेत्रफल जग्गामा १० हजार वोटविरुवा रोपिएको भाटिघारी सामुदायिक वनका अध्यक्ष श्याम कुमार गोलेले जानकारी दिए । उनका अनुसार अमला, जामुन, टिक, मलेसियन सखुवा, अर्जुना, पिपललगायतका उन्नत जातका विरुवा रोपिएको हो ।

    तारवारसहित गरिएको वृक्षारोपन कार्यक्रममा धनुषाका डिएफओ अशोक झा, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति जनकपुर आयोजनाका प्रमुख शिव पोखरेल, वन प्राविधिक समाजका महासचिव तथा पर्यावरण अभियन्ता सुरश शर्मा, सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश २ का अध्यक्ष सोमप्रसाद शर्मा, सामुदायिक वन समितिका पदाधिकारी, वन कमचारी, संचारकर्मीलगायतको उपस्थिती रहेको थियो ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज


    प्रतिक्रिया दिनुहोस