• The Public Today
  • एयर टिकट इस्यू गर्ने सुविधा ट्राभल एजेन्टहरुले पाउनुपर्ने माग


    काठमाडौं,असार २ गते । नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट ९नाट्टा०ले एयरलाइन्सहरुबाट सम्पूर्ण उडानका टिकट इस्यू गर्ने सुविधा नाट्टा सदस्यहरु ९ट्राभल एजेन्टहरु०ले पाउनुपर्ने माग राखेको छ ।

    नाट्टाले आज एक विज्ञप्ती जारी गरी एयरलाइन्सहरुले सञ्चालन गर्न तोकिएको भाडादर साथै उडानहरु प्रकाशित गरेकोमा केहि एयरलाइन्सहरुबाट एजेन्टहरुले टिकट इस्यू गरेबापत पाउनुपर्ने एजेन्ट कमिसन उल्लेख नगरेको साथै उक्त कमिसन तोकिएको भाडादर भित्रबाट उपलब्ध गराउन पनि माग गरेको छ ।

    त्यसैगरी, विदेश स्थित कुटनैतिक नियोगहरुले तयार पारेको सूचीअनुसार रिपेट्रियसनहरु सँगै चार्टर्ड उडानहरुको टिकट इस्यू गर्नको लागि सम्पूर्ण नाट्टा सदस्यहरुले सम्वन्धित एयरलाइन्सबाट उक्त सुविधा पाउनुपर्ने माग गरेको छ।
    रातोपाटी


    क्याटेगोरी : अर्थ, विविध

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस