• The Public Today
  • ढल्केवरः वडा सदस्य लामाको मृत्यु


    ढल्केवर, असार ३ गते । धनुषाको मिथिला नगरपालिका वडा नं-७ का महिला वडा सदस्य बिमला लामाको मृत्यु भएको छ ।

    क्यान्सर रोगबाट ग्रसित वडा सदस्य बिमलाको गएराति ११ बजे आफ्नै घरमा मृत्यु भएको पारिवारिक श्रोतले जानकारी दिए ।

    केहिदिन अघि मात्र शरिरमा असहज महसुस भएपछि स्वास्थ्य परिक्षण गराउँदा बिराटनगरस्थित न्यूरो होस्पिटलले पिठ्यूँको नासामा क्यान्सर भएको बताएका थिए ।

    वडा सदस्य लामा तत्कालीन नेकपा माओवादीको तर्फबाट वडा सदस्यमा निर्वाचित भएकी थिइन् ।


    क्याटेगोरी : मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस