• The Public Today
  • प्रदेश २ मा एकैदिन ३४८ जनामा कोरोना पुष्टि, महोत्तरीमा मात्रै २००


    जनकपुरधाम, असार ३ गते । प्रदेश २ मा थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा यो प्रदेशका थप ३४८ जनामा कोरोना पुष्टि भएको प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए ।

    उनका अनुसार सिरहाका १, धनुषाका २६, महोतरीका २००, सलाहीका ६, रौतहटका १११ र बाराका ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज


    प्रतिक्रिया दिनुहोस