• The Public Today
  • गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि


    काठमाडौं, असार ४ गते । गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    गण्डकी प्रदेशमा ४१ जना पुरुष र एक महिलामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकीमा सङ्क्रमितको संख्या २ सय ८९ पुगेको छ ।

    नयाँ थपिएका संक्रमितहरुमा तनहुँका १२ जना, नवलपरासी ( वर्दघाट सुस्ता पूर्व) का १८ जना, गोरखाका ११ जना र मनाङका १ जना रहेका छन् ।  मनाङमा पहिलो पटक संक्रमण देखिएको हो ।

    मनाङका संक्रमित कपिलबस्तुबाट फर्केका हुन् भने अरु सबै संक्रमित भारतबाट नेपाल आएका हुन् । संक्रमित सबैजना सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेका छन् अब उनीहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ  ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस