कोरोनालाई तातोपानी खाएर उडाइदिनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं, असार ४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनालाई तातोपानी खाएर उडाइदिनुपर्ने बताएका छन् । राष्ट्रिय सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले कोरोनाभाइरसको न्युनीकरणका लागि सरकारले गरेको कामप्रति कुनै प्रशंसा नभएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

“जनप्रतिनिधि काममा लागेका छन्, त्यता ध्यान छैन । कामप्रतिको प्रशंसा छैन । तर दैनिक हिसाब किताब चाहिएको छ  ।

खोइ पैसा ? भनिएको छ,” प्रधानमन्त्रीको भनाइ थियो, “१० अर्बको हिसाब एक एक गरी महालेखामा हुन्छ  । हरेक व्यक्तिले हेर्न सक्छ । म बाहेक सबै भ्रष्ट छन् भन्ने ठान्न भएन । यो देशमा भ्रष्टबाहेक कोही जन्मिदैन भन्न भएन । सरकारमा बसेकालाई जसरी पनि बदनाम र चरित्रहत्या गर्ने नियत पनि राख्नुभएन ।”