• The Public Today
  • नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु


    काठमाडौं, असार ४ गते । नेपालमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार मृतक दुवै जना कैलालीका रहेका छन् ।

    बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप दुई जनाको मृत्यु भएको पुष्टि गरे।

    प्रवक्ता गौतमका अनुसार कैलालीको गोदावारी नगरपालिका–४ का ४६ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । त्यस्तै कैलालीकै लम्की चुहा २ की ४३ वर्षीय महिला को पनि कोरोनाकै कारण मृत्यु भएको हो ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस