• The Public Today
  • चेन्नईमा पुनः लागू गरियो लकडाउन


    एजेन्सी : तलिमनाडुको राजधानी चेन्नई र योसँग जोडिएका तीन जिल्लामा एकपटक पुनः लकडाउन लागू गरिएको छ ।

    यहाँ अब अत्यावश्यक सामानको पसल र मेडिकल स्टोरमात्रै खुल्नेछन् । १२ दिनसम्म लागू गरिएको लकडाउन २० जूनसम्म चल्नेछ ।

    चेन्नईमा करिब ३७ हजार बढी संक्रमित छन् जबकि पूरा तमिलनाडुमा संक्रमितको आँकडा ५० हजार छ ।

    राज्यमा हालसम्म  ६ सय जनाको मृत्यु भइसकेको छ  । संक्रमितको तुलनामा यहाँको मृत्युदर कम नै छ । यसबारे अनुसन्धान सुरु भएको छ । एक रिपोर्टका अनुसार चेन्नईमा २ सय जनाको मृत्युलाई कोरोना संक्रमितको मृत्युसँग जोडिएको थिएन ।

    भारतमा यो महिनाको सुरुवातमा लकडाउन हटाइएको थियो । चेन्नई एक मात्र शहर हो जहाँ पूर्ण रुपमा लकडाउन लागू गरिएको छ ।

    स्रोतः बीबीसी


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस