• The Public Today
  • सिरहाबाट लागूऔषधसहित दुई जना पक्राउ


    सिरहा, असार ५ गते । सिराहाबाट लागूऔषधसहित प्रहरीले एक भारतीयसहित दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सिराहाको भगवानपुर गाउँपालिका ३ बस्ने २१ वर्षीय बली यादव र भारतको मधुबनी जिल्ला लल्मनिया ग्रामपञ्चायत बस्ने २० वर्षीय छोटुकुमार यादव छन् ।

    भगवानपुर गाउँपालिका ३ अभयनगरबाट उनीहरुलाई पक्राउ गरिएको हो । भारतबाट लागूओषध लिएर आउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय लहान र प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

    उनीहरुले बोरामा लुकाई छिपाई ल्याउदै गरेको डाइलेक्स डीसी १ सय एमएलको ७० बोतल, नुर्फिन ३० एम्पुल, फेनारगन ३० एम्पुल, डाईजील्याब ३० एम्पुल बरामद भएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय लहानमा राखी थप अनुसन्धान थालिएको सिरहा प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : अपराध, मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस