• The Public Today
  • प्रदेश २ मा थप ९ जनामा कोरोना संक्रमण पुष्टि


    जनकपुरधाम, असार ५ गते । प्रदेश २ मा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा यो प्रदेश थप ९ जनामा कोरोना पुष्टि भएको प्रदेश २ का स्वास्थ्य निर्देशनालयका वरिष्ठ प्रशासक विजय कुमार झाले जानकारी दिए ।

    उनका अनुसार सप्तरीका ४ जना र सर्लाहीका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या २८२१ पुगेको छ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस