• The Public Today
  • कोशी अस्पतालबाट थप १० जनाले कोरोना जिते


    विराटनगर,असार ६ गते । प्रदेश १ बाट थप १० जनाले कोरोना जितेका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका ४ महिलासहित १० जना कोरोना जितेर शुक्रबार डिस्चार्ज भएका हुन् ।

    डिस्चार्ज हुनेमा खोटाङ र सुनसरीका ३–३ जना तथा उदयपुर र मोरङका २–२ जना छन् । डिस्चार्ज भएकाहरु २१ देखि ४० वर्ष उमेर समूहका छन् । उनीहरु २१ जेठदेखि २५ जेठसम्मको अवधीमा अस्पतालमा भर्ना भएको कोशी अस्पताल कोभिड उपचार केन्द्र व्यवस्थापन समितिका सदस्य ध्रुव उरावले जानकारी दिए ।

    १० जना डिस्चार्ज भएपछि प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या २ सय ३४ पुगेको छ । प्रदेश १ मा संक्रमितको संख्या ४ सय २२ छ ।अनलाइनखबर


    क्याटेगोरी : विविध, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस