• The Public Today
  • कोरोनाबाट विश्वमा ४ लाख ६३ हजारको मृत्यु, ८७ लाख ९५ हजार बढी संक्रमित


    एजेन्सी : कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ६३ हजार २६० पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८७ लाख ९५ हजार ३२ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

    नेपाली समयानुसार शनिबार साँझसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४६ लाख ५३ हजार  ८२१ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ३६ लाख ७७ हजार ९५१ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार ७९४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

    चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २२ लाख ९८ हजार १०८ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख २१ हजार ४२४ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

    दक्षिण अमेरिकामा १७ लाख १ हजार ११७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ६८ हजार ८३० जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २६ लाख ६० हजार १५५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ५२ हजार ५७३ जनाको मृत्यु भएको छ ।

    युरोपमा २२ लाख ९३ हजार ४२५ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८७ हजार १५८ को मृत्यु भएको छ । एसियामा १८ लाख ४१ हजार ८४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४६ हजार ८४१ जनाको मृत्यु भएको छ ।

    अफ्रिकामा २ लाख ८९ हजार ४१८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ७ हजार ७१९ जनाको मृत्यु भएको छ ।  ओसियानामा ९ हजार ५२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ ।  -एएफपी


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, विदेश, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस