• The Public Today
  • नागरिकता ऐन संशोधन विधेयकविरुद्ध वीरगञ्जमा प्रदर्शन


    वीरगञ्ज, असार ७ गते । नागरिकता ऐन संशोधन विधेयकविरुद्ध वीरगञ्जमा प्रदर्शन भएको छ । विद्येयकमा ल्याइएको प्रावधानप्रति असन्तुष्ट जनता समाजवादी पार्टीका युवाहरुले वीरगञ्जमा प्रदर्शन गरेका छन् ।

    युवाहरुले भारत तथा तेस्रो मुलुकबाट विवाह गरेर आएकी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रावधान नराख्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

    जनता समाजवादी पार्टी वीरगञ्ज महानगर समितिका युवाहरुले वीरगञ्जको घण्टाघरमा आइतबार बिहान प्रदर्शन गरेका थिए । ‘मधेसीमाथि अत्याचार बन्द गर’, ‘महिलामाथि विभेद र अत्याचार गर्न पाइँदैन’, ‘रोटी बेटीको सम्बन्ध विगार्न पाइँदैन’, ‘नागरिकता ऐन संसोधन विद्येयक फिर्ता गर’ लगायतका नारा लेखिएको प्लेकार्डसहित युवा प्रदर्शनमा उत्रिएका हुन् ।

    सामाजिक साँस्कृतिक रीतिअनुसार विवाह गरेर ल्याइएकी महिलामाथि अन्याय गर्न लागिएको उनीहरुको भनाइ छ । मधेसी समुदायलाई अपमान गर्न, राज्यको निकायमा पुग्नबाट वञ्चित गर्नका लागि संसोधन विद्येयक ल्याएको तर्क उनीहरुको छ ।


    क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस