• The Public Today
  • गण्डकी प्रदेशमा थप २० जनामा कोरोनाको संक्रमण पुष्टि


    काठमाडौं, असार ८ गते । गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार स्याङजामा १२ जना र नवलपरासी पूर्वमा ८ जनामा संक्रमण पुष्टि भएको हो । स्याङजाका १२ जना संक्रमितमध्ये अर्जुनचौपारी गाउँपालिकाका १० जना र कालीगण्डकी गाउँपालिकाका २ जना रहेका छन् ।

    यस्तै नवलपरासी पूर्वका ८ जना संक्रमित बौद्धिकाली गाउँपालिकाका रहेका छन् । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५४० पुुगेको छ ।

    संक्रमित सबैजना सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेकाले सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ  ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस