• The Public Today
  • पर्यटनमन्त्री बोल्दाबोल्दै देखिएको अश्लील भिडियो प्रकरणमा छानबिन सुरु


    असार ८ गते : नेपाल पर्यटन बोर्डले सोमबार जुममार्फत् गरेको कार्यक्रमका क्रममा पर्यटन मन्त्री योगेश भट्टराई बोल्दा बोल्दै देखाइएको अश्लिल भिडियो प्रकरणको अनुसन्धान सुरु गरिएको छ ।

    पर्यटन बोर्डले उक्त जुम मिटिङ गर्न प्रयोग गरिएको कम्प्युटर र रेकर्ड गरिएको सामग्री महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखालाई बुझाएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले घटना लगत्तै अनुसन्धानका लागि कम्प्युटर र रेकर्ड गरिएको सामग्री प्रहरीलाई दिएको बताए ।

    उनले घटनाबारे छानबिन गर्न पर्यटन मन्त्रालय र बोर्डले समिति गठन गरेको पनि जानकारी दिए । “हामीले राम्रो काम गर्दा गर्दै यस्तो घटना घट्यो । छानबिन गर्न मन्त्रालयले पनि समिति गठन गरेको छ र बोर्डले पनि तीन सदस्यीय समिति गठन गरेको छ” उनले भने ।

    उक्त जुम मिटिङ पे गरेरै सञ्चालन गरिएकाले अनुसन्धानका क्रममा नेपाल भित्रैबाट ह्याक गरिएको भए प्रहरीले पत्ता लगाउन सक्ने बताएको उनले बताए ।

    बोर्डले यस्ता कार्यक्रम गर्दा अनपेडमार्फत् गर्दा सुरक्षा नहुन सक्ने भएकाले पे गरेरै सञ्चालन गरिएको रेग्मीले बताए । यता, पर्यटन बोर्ड सञ्चालक समितिका अध्यक्ष पर्यटन सचिव केदारबहादुर अधिकारीले पनि छानबिन गर्न निर्देशन दिएका छन् । बाह्रखरी


    क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस