• The Public Today
  • नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु


    काठमाडौं, असार ९ गते । नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

    कर्णाली प्रदेश अस्पतालको आइसोलेसनमा उपचाररत दैलेखको दुल्लु नगरपालिका–३ का ३५ वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

    मंगलबार महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले कर्णाली प्रदेशमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको पुष्टि गरे ।

    उनी क्षयरोगका बिरामी रहेको र उपचारकै क्रममा सोमबार राति साढे ९ बजे मृत्यु भएको प्रमुख तिवारीले जानकारी दिए ।

    ती व्यक्तिमा यही असार ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। योसँगै कर्णाली प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस