• The Public Today
  • नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो, आजमात्रै थपिए ५३८ संक्रमित


    काठमाडौं, असार ९ गते । नेपालमा थप ५३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५३८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ ।

    त्यस्तै, विभिन्न अस्पतालबाट गत २४ घण्टामा ७६ जना डिस्चार्ज भएका छन्। योसहित नेपालमा हालसम्म २ हजार २ सय २४ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज
    ट्याग : #कोरोना कहर
    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस