• The Public Today
  • कोरोना संक्रमण बढ्दैछ, हप्तामै थपिन थाले १० लाख संक्रमित : डब्लूएचओ


    एजेन्सी : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वमा कोरोना भाइरसबाट संक्रमण हुने क्रम बढिरहेको बताएको छ ।

    डब्लूएचओका महानिर्देशक टेड्रोस एडनम ग्राबियसोसले विश्वमा हरेक हप्ता १० लाखका दरले नयाँ संक्रमित देखापरिरहेको बताएका हुन् ।

    दैनिक पत्रकार सम्मेलनअन्तर्गत बुधबार उनले विश्वभर संक्रमितको संख्या करोड पुग्न लागेको भन्दै अब अक्सिजन र यो दिने उपकरण अभाव देखिन थालेको बताए। उनले भने, ‘अब यसको आपूर्तिको बढी जरुरी देखिएको छ र दैनिक ८८ हजार वटा ठूलो अक्सिजन सिलिन्डर तथा ६ लाख २० लाख क्युबिक लिटर अक्सिजनको आवश्यकता छ।’ यो कोरोनाले ग्रस्त बिरामीलाई सास लिनका लागि आवश्यक पर्ने उनको भनाइ छ ।

    यस्तै डब्लूएचओकै आपतकालीन टोली प्रमुख डा. माइक रियानले ल्याटिन अमेरिकी मुलुकमा कोरोना महामारी बढ्दो क्रममा रहेको बताए। त्यस क्षेत्रमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख नाघिसकेको उनले जानकारी दिए ।

    उनले भने, ‘पछिल्लो हप्ता केही देशमा २५–३० प्रतिशतसम्म् बढिरहेको छ।’

    यस्तै अमेरिकामा कोरोनाबाट संक्रमित हुने र मर्ने क्रम अझ बढ्ने आशंका उनले व्यक्त गरेका छन् ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, विदेश, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस