• The Public Today
  • सप्तरीमा सर्पको टोकाइबाट १८ महिने बालकको मृत्यु


    सप्तरी, असार ११ गते । सप्तरीमा विषालु सर्पको टोकाइबाट डेढ वर्षीय एक बालकको मृत्यु भएको छ ।

    बिहीबार सर्पको टोकाइबाट राजगढ गाउँपालिका वार्ड नम्बर ६ इनर्वा बस्ने मोहम्मद तैयब खानको करिब १८ महिनाको छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घरमा सुतिरहेको बेला गएराती सर्पले टोक्दा सिकिस्त अवस्थामा उपचारको लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको सप्तरीमा प्रहरी नायब उपरीक्षक तथा प्रहरी प्रवक्ता तिलक भारतीले जानकारी दिए ।


    क्याटेगोरी : मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस