• The Public Today
  • थप ४३४ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १११६२ पुग्यो


    काठमाडौं, असार ११ गते । नेपालमा थप ४३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४३४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार एक सय ६२  पुगेको छ ।

    त्यस्तै, विभिन्न अस्पतालबाट गत २४ घण्टामा ३१२ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा हालसम्म २ हजार ६ सय ५० जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस