• The Public Today
  • महोत्तरीको गौशालामा ट्याक्टर दुर्घटनाः चालकको घटनास्थलमै मृत्यु


    • बिबेक कुमार महतो


    गौशाला, असार ११ गते । महोत्तरीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।

    बिहिबार गौशाला नगरपालिका-११ स्थित मिलन चौकमा ना. २ त ७३५८ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यृ भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा ट्रयाक्टर चालक मनोज मंडलको घटनास्थलमै मृत्यृ भएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले जानकारी दिए ।

    यता शवलाई पोष्ट मार्टमको लागि जिल्ला अस्पताल जलेश्वर पठाउने तयारी भईरहेको  ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।


    क्याटेगोरी : मुख्य समाचार, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस