• The Public Today
  • ब्राजिलमा एकैदिन ४० हजार वढीमा कोरोना संक्रमण


    एजेन्सी : ब्रजिलमा एकै दिन ४० हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।

    पछिल्लो २४ घण्टामा ४० हजार ६७३ जनाका कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १२ लाख ३३ हजार पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा ब्रजिलमा ११ सय ८० जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ५५ हजार पुगेको छ।

    ब्रजिल कोरोनाबाट अत्यधिक प्रभावित विश्वको दोस्रो देश हो। पहिलो देश अमेरिकामा पछिल्लो २४ घण्टामा ३७ हजार नयाँ संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या २५ लाख पुगेको छ।

    यसैगरी त्यहाँ पछिल्लो २४ घण्टामा ५ सय ९५ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या १ लाख २६ हजार ७२६ पुगेको छ।


    क्याटेगोरी : मुख्य समाचार, विदेश

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस