• The Public Today
  • बहराइनबाट स्वदेश आइपुगे २७३ नेपाली, कुवेत र मलेसियाबाट पनि फर्कंदै


    काठमाडौं, असार १२ गते । बहराइनबाट नेपाल एअरलाइन्सको दुई वटा चार्टर्ड उडानमार्फत २७३ जना नेपाली स्वदेश आइपुगेका छन् ।

    पहिलो उडानमार्फत १४२ जना र दोस्रो उडानमार्फत १३१ जना केहीबेरअघि काठमाण्डौ आइपुगेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । दुई जहाज २५ मिनेटको  अन्तरमा काठमाण्डौमा अवतरण गरेका हुन् ।

    यस्तै अहिले साढे ११ बजे कुवेतबाट पनि आममाफीमा सहभागी नेपाली स्वदेश आइपुग्नेछन् । झण्डै १५० जनालाई जजिरा एअरलाइन्समार्फत कुवेतले निःशुल्क स्वदेश पठाइदिएको हो ।

    यस्तै आजै मलेसियाको क्लालाम्पुरबाट पनि नेपाली स्वदेश फर्कंदै छन् ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस