• The Public Today
  • नेपालमा थप ५९३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११७५५ पुग्यो


    काठमाडौं, असार १२ गते । नेपालमा थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५९३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार सात सय ५५ पुगेको छ ।

    त्यस्तै, विभिन्न अस्पतालबाट गत २४ घण्टामा ४८ जना डिस्चार्ज भएका छन् । योसहित नेपालमा हालसम्म २ हजार ६ सय ९८ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस